२०८३ बैशाख २३ गते , बुधबार
झापामा ह्वात्तै बढ्यो कोरोना, आज थपिए २६ संक्रमित
झापा । झापामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । आइतबार पाँच जनामा कोरोना संक्रमण देखिएकोमा सोमबार २६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज झापाको बिर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १–१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।