२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : आज थपिए ११ सय बढी नयाँ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ पौष २५ गते , आईतबार
कोरोना अपडेट : आज थपिए ११ सय बढी नयाँ संक्रमित

झापा । पछिल्लो २४ घन्टामा देशभर एक हजार एक सय ६७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २ हजार ६३२ नमुना परीक्षण गर्दा एक हजार एक सय ६७ संक्रमित भेटिएका हुन्। यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ। 

हाल देशभरी  कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ। आज काठमाडौं उपत्यकामा मात्रै ६१५ जनामा संक्रमण पुष्टि भएको छ।


सम्बन्धित समाचार