२०८१ बैशाख ७ गते , शुक्रबार

झापामा नकाब लगाएर महिलामाथि बलात्कार प्रयास !

sajilo news
पार्थ मण्डल
२०७८ पौष २४ गते , शनिबार
झापामा नकाब लगाएर महिलामाथि बलात्कार प्रयास !

काँकडभिट्टा । झापाको शिवसताक्षी नगरपालिकास्थित एक महिलाले काम गरेर घर फर्कने क्रममा अनुहारमा नकाब लगाएको एक नचिनेको पुरुषले बलात्कार प्रयास गरेको बताएकी छन् ।

झापाको शिवसताक्षी नगरपालिका- ९ दूधेकी ती महिला घर बनाउने मजदुरी गर्छिन्। काम सकेर घर फर्कँदै गर्दा शुक्रबार साँझ करिब ६ बजे उनीमाथि बलात्कार प्रयास भएको थियो । ‘साइटमा काम गरेर फर्किँदै थिएँ । कालो कपडाले अनुहार छोपेको मान्छेले मुख छोपेर बलात्कार गर्ने प्रयास गर्‍यो’, ती महिलाले बताइन् । उनका अनुसार पुरुषको कान्छी औंला टोकेर उनी त्यहाँबाट उम्किएकी थिइन् ।

‘मलाई लडाएर दुर्व्यवहार गर्न खोज्दै थियो । औंला टोकेपछि मेरो मुखको हात छुट्यो, गुहार माग्न थालेपछि भाग्यो’, उनले भनिन् । साइकल चढेर आएका ती व्यक्ति महिला चिच्याउन थालेपछि चप्पल र साइकल छाडेर भागेको महिलाले बताएकी छन् । घटनापछि आरोपीलाई खोजबिन गरी कारबाहीको माग गर्दै पीडित परिवार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिन गएको थियो । तर, प्रहरीले उजुरी नै गर्न नदिएको पीडितका बाबुले गुनासो गरेका छन् ।

‘उजुरवाजुर केही चाहिँदैन हामी मान्छे खोज्छौं भनेर प्रहरीले पठाउनुभयो । हामी त चौकीमै साइकल बुझाएर फर्कियौं ।’ दुई वर्षअघि बिहे गरेकी ती महिलाको एक सन्तान पनि छ । उनी हाल माइती घरमै बस्दैआएकी र घर बनाउने श्रमिकको रुपमा कार्यरत रहेकी छन्। इकान्तिपुरबाट

सम्बन्धित समाचार