२०८३ बैशाख २३ गते , बुधबार

नेपालमा कोरोना : थपिए ९४४ नयाँ संक्रमित, २९७ जना संक्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ पौष २४ गते , शनिबार
नेपालमा कोरोना : थपिए ९४४ नयाँ संक्रमित, २९७ जना संक्रमणमुक्त

झापा । नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। १३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ। 

संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५ हजार ६ सय ३१ जना होम आइसोलेसनमा छन् भने ५ सय ९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । काठमाडौं स् नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। 

१३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ। 

संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।  तीमध्ये ५ हजार ६ सय ३१ जना होम आइसोलेसनमा छन् भने ५ सय ९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । 

सम्बन्धित समाचार