२०८३ बैशाख २३ गते , बुधबार

हिमानी कोषद्वारा बालबालिकालाई पौष्टिक खानेकुरा र स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर

sajilo news
पार्थ मण्डल
२०७८ पौष २४ गते , शनिबार
हिमानी कोषद्वारा बालबालिकालाई पौष्टिक खानेकुरा र स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर

भद्रपुर । जागरूक समाज उज्ज्वल भविष्यको नारासहित गैरनाफामुखी र गैर राजनीतिक उद्देश्यका साथ स्थापित हिमानी कोषले झापामा गतिविधि बढाउन थालेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सेवामूलक संस्था हिमानी कोषद्वारा झापाका बालबालिकाहरूलाई पौष्टिक खानेकुरा र स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण वितरण गरेको छ । 

कोषले भद्रपुर- ७ स्थित सरस्वती विद्या मन्दिर प्राविका ४४ जना बालबालिका, भद्रपुर- ७ स्थित भृकुटी प्राविका ४४ जना बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराइएको छ । साथै भद्रपुरस्थित बुधकरण चिया बगान क्षेत्रको मुसहर बस्तीका ३० जना बालबालिकाहरूलाई समेत पौष्टिक आहार वितरण गरिएको हिमानी कोष झापाको कोडिनेटर पुनमसिंह राजवंशीले जानकारी दिइन् । त्यस्तै हल्दिबारी- २ सृजना चोकस्थित नव सृजना प्राविका ६९ जना बालबालिका, कचनकवल गाउँपालिका- १ पिण्डालबारीस्थित नवदुर्गा आधारभूत विद्यालयका ६० बालबालिका र बाह्रदर्शी गाउँपालिका- १, बोक्राझारी, भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयका ६७ बालबालिकालाई समेत पौष्टिक आहार वितरण गरिएको उनले बताइन् ।

साथै हिमानी कोष झापाको पहलमा सेवा क्यानडा ईन्टरनेशनलले समेत कचनकवल- ३ पथरियास्थित स्वास्थ्य चौकी पथरिया र बाह्रदर्शी- २ राजगढस्थित स्वास्थ्य चौकी राजगढलाई ४० लिटरको अक्सिजन सिलिन्डर ५ थान, एक एक थान युएसजी मेसिन (गर्भवती महिलाको उपचारका निम्ति अत्यावश्यक उपकरण) लगायतका उपकरण उपलब्ध गराएको छ । हिमानी कोष हाम्रो समाजमा रहेकाले आम सर्वसाधारणका समस्यालाई यथासम्भव समाधान गर्न तत्पर रहेको उनको भनाई छ । 

सम्बन्धित समाचार