२०७८ माघ ५ गते , बुधवार

तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानले उचाल्यो

तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानले उचाल्यो :: Times of Pradesh
झापा। बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ ।
खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई सुनसरीको धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो ।खेलको विजेता धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजेता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।

फाइनलको प्लेयर अफ द म्याच पाँचथरकी प्रमीला राई घोषित भइन् । त्यस्तै, प्रतियोगिता अवधिभरका वेस्ट फर्वाड धरानकी समीक्षा मगर, वेस्ट मिडफिल्डर पाँचथरकी प्रमीला राई, वेस्ट डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, वेस्ट गोलकिपर धरानकी सीमा आले मगर, वेस्ट कोच धरानकी भगवती राना मगर भए । प्रतियोगिताभरिकी सर्वोत्कृष्ट खेलाडी धरानकी समीक्षा मगर भइन् ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरू एउटा मात्र खेल जितेर फाइनल यात्रामा पुग्न सफल भएका थिए ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । फेयर प्ले टिम आयोजक बिर्तामोड फुटबल क्लब भयो । बिर्तामोड फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment