२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए १६७ नयाँ संक्रमित, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष १० गते , शनिबार
कोरोना अपडेट : थपिए १६७ नयाँ संक्रमित, एक जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।​ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा एक सय ६७ जना संक्रमित थपिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। 

यस्तै, आज २२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ९ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ८१ जना संक्रमित आइसियु र २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। 

सम्बन्धित समाचार