२०८३ बैशाख १५ गते , मंगलबार
झापामा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा। सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक दमक ३, हाल मोरङ जिल्ला पथरी शनिश्चरे १ निवासी २८ वर्षीय द्रोणे भन्ने दीपक पोखरेल रहेका छन् ।
झापा जिल्ला अदालतको २०७१ असोज ३० गतेको फैसला बमोजिम उनलाई सवारी ज्यान मुद्दामा दुई वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
हालसम्म फरार रहेका पोखरेललाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी शुक्रवार फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।