२०८३ बैशाख १५ गते , मंगलबार

अर्जुनधाराबाट सखुवाको काठ, गाडीसहित दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २३ गते , विहीबार
अर्जुनधाराबाट सखुवाको काठ, गाडीसहित दुई जना पक्राउ
झापा । प्रहरीले अवैध सखुवा जातको काठसहित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार सवा ४ बजे अर्जुनधारा-५ ओमचोकस्थित मे १ च २९५० नम्बरको गाडीलाई शनिश्चरेबाट खटिएको प्रहरीको गस्ती टोलीले शङ्का लागि चेक जाँच गर्दा काठ बरामद गरेको हो ।
गाडीमा ८३ थान चौकट र २ थान झ्यालको पल्ला (सखुवा जातको) परालले छोपी ल्याउँदै गरेको अवस्थामा फेला पारिएको झापा प्रहरीका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बरामद काठ, गाडी र गाडी चालक बुद्ध शान्ति–२ जयपुर बस्ने वर्ष ३० को कुमार बोहोरा र सह–चालक ५२ वर्षीय बालकृष्ण गौचनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनि मार्फत आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सुरुङ्गामा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार