२०८३ बैशाख १५ गते , मंगलबार

इलाममा मोटरसाइकल चोरी गर्ने झापामा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २२ गते , बुधबार
इलाममा मोटरसाइकल चोरी गर्ने झापामा पक्राउ
झापा । मोटरसाइकल चोरी गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम पशुपति नगरपालिका ३ बस्ने २५ वर्षीय पासाङ तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 
प्रहरीका अनुसार मङ्गलवार राति इलाम रोङ गाउँपालिका ३ कुटिडाँडाका रोहित राईको नाममा रहेको मे ९ प ५२१० नम्बरको कालो कलरको १५० सिसीको पल्सर मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो ।

त्यस घटनाको खबर प्रहरी चौकी हर्कटे इलाममार्फत जिल्ला प्रहरी कार्यालय झापालाई गरिएको थियो । चोरी भएको मोटरसाइकलको हुलियासहितको खबर मातहत प्रहरी युनिटहरूमा सर्कुलेशन गरी उक्त मोटरसाइकलको खोजतलास गर्ने क्रममा बुधवार बिहान बुद्धशान्ति ३ स्थित बुद्ध चोकमा तामाङले उक्त मोटरसाइकल डोर्याईरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलसहित तामाङलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि झापामा मोटरसाइकल चोरी गर्दै गर्दा तीन जना पक्राउ परेका थिए ।

सम्बन्धित समाचार