२०८३ बैशाख १५ गते , मंगलबार

बालिका बलात्कार मुद्दामा युवकलाई १८ वर्ष कैद सजाय

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २२ गते , बुधबार
बालिका बलात्कार मुद्दामा युवकलाई १८ वर्ष कैद सजाय

संखुवासभा ।  १३ वर्षीया बालिका बलात्कार मुद्दामा जिल्ला अदालत संखुवासभाले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ ।

अदालतले बलात्कार मुद्दामा खाँदबारी नगरपालिका(९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला गरेको हो । न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए । पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको थियो ।

सम्बन्धित समाचार