२०८१ कार्तिक २३ गते , शुक्रबार

भारतमा ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प, पूर्वी नेपालमा पनि महसुस

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १० गते , शुक्रबार
भारतमा ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प, पूर्वी नेपालमा पनि महसुस
एजेन्सी । भारतको मिजोरममा केन्द्र विन्दु बनाएर आज बिहान शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव १ म्याग्नेच्युड रेकर्ड गरिएको भूकम्प बिहान साढे पाँच बजे गएको हो । 

भूकम्पको धक्का पश्चिम बङ्गाल, त्रिपुरा र आसामसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । १२ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ । 

सम्बन्धित समाचार