२०७८ मंसीर १३ गते , सोमवार

नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित

नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित :: Times of Pradesh

झापा । आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित दर्ता गरेको छ। युएईको दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज (मंगलबार) भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित नेपालले भुटानविरुद्धको खेल सहजै जितेको थियो। भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गर्दा सीता राना मगरले १७ रन  र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ६१ रन बनाएको थियो। भुटानको पाली ध्वस्त पार्ने क्रममा सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्। यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ। भुटानको पनि २ खेलमा २ अंक नै छ।  भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो। ६ टिम सहभागी छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ। छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले पर्सी बिहीबार कुवेतसँग खेल्नेछ। फाइल तस्बिर




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment