२०८१ बैशाख ३ गते , सोमबार

नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ६ गते , सोमबार
नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु

झापा । पूर्वी बुल्गेरियाको एउटा नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।  आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लगिएको छ।​

रोयाकको पुरानो विद्यालय भवनलाई केयर होममा परिणत गरी उपचार सेवा दिइएको थियो। सोही भवनमा स्थानीय समय अनुसार साँझ ६ बजे बेलुकाको खानाको तयारी भइरहेका बेला अचानक आगलागी भएको हो।

आगलागी भएको भवनको छानाबाट कालो बाक्लो धुँवाको मुस्लो निस्कएको अग्नी नियन्त्रकले बताएका छन्। आगलागी भएको भवनको तल्लो तलाबाट भवनमा फसेका नागरिकलाई उद्दार गरिएको बताएका छन्। भवनमा कति जना थिए। आगलागीको कारण थाहा हुन सकेको छैन। यस विषयमा थप छानविन र अनुसन्धान हुने बताइएको छ।

सम्बन्धित समाचार