२०८३ बैशाख २३ गते , बुधबार

झापामा प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ४ गते , शनिबार
झापामा प्रदेशस्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने
झापा । झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते  प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ च्याम्पियनसिप आयोजना गरिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिस्पर्धा हुने र  प्रतियोगिताका ओभरल च्याम्पियनसिप तीन लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै फस्ट र सेकेन्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जन साधारणलाई अभिरुचि जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनुभयो ।

महिला र पुरुषका लागि छुट्टै छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने पत्रकार सम्मेलनमा जनाकारी दिइयो ।

सम्बन्धित समाचार