२०८३ बैशाख २३ गते , बुधबार

देशभर ७ हजार ५३९ सक्रिय संक्रमित, आज ५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ३ गते , शुक्रबार
देशभर ७ हजार ५३९ सक्रिय संक्रमित, आज ५ जनाको मृत्यु

झापा ।  पछिल्लो २४ घन्टामा देशभर २ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार ८ हजार ९ सय ७२ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ३ सय ६९ जना संक्रमणमुक्त भएका मन्त्रालयको विवरणमा उल्लेख छ। हाल देशभर ७ हजार ५ सय ३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार ६० जना होम आइसोलेसनमा छन् भने ४ सय ७९ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये २ सय ३१ जना आइसियु र ५६ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। 

सम्बन्धित समाचार