२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ३७७ नयाँ संक्रमित, चार जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ३० गते , मंगलबार
कोरोना अपडेट : थपिए ३७७ नयाँ संक्रमित, चार जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय ९ हजार एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा थप तीन सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जनाको मृत्यु भएको छ। 

योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ८२ जना पुगेको छ। एक सय ७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार चार सय ७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचार