२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ३९७ संक्रमित, ३ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २६ गते , शुक्रबार
कोरोना अपडेट : थपिए ३९७ संक्रमित, ३ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ३ सय ९७ जना कोरोना संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६६ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ३ सय ९७ जना संक्रमित भेटिएका हुन्। आज ३ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज ३ सय ८९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ४ सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार