२०८१ माघ २५ गते , शुक्रबार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २५ गते , विहीबार
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

झापा । उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ।  हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्। यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठ पर्व सम्पन्न भएको छ। 

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ। ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ। छठपूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास पनि छ।

सम्बन्धित समाचार