२०८३ बैशाख २३ गते , बुधबार
झापामा चार हात र चार खुट्टा भएको बच्चाको जन्म
झापा । झापा गाउँपालिका-६ स्थित फुलगाछीमा एक अनौठो बच्चाको जन्म भएको छ। स्थानीय सीमा मर्डीको कोखबाट मङ्गलवार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताएका छन् । अनौठो बच्चाको जन्म भएपछि बुधवार बिहान देखी हेर्ने मानिसहरूको घुइँचो लागेको थियो । छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात् नै मृत्यु भएको स्थानीयले बताएका छन्।