२०८१ माघ २७ गते , आईतबार

छठ पूजामा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २३ गते , मंगलबार
छठ पूजामा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

झापा । छठ पर्वमा जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चारवटा संगठनले पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागिएको जानकारी गराइएको छ ।

२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

समितिले धनुषामा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरूमा, पर्साकोको घडिहरवा माइपोखरी तथा आसपासका पोखरीहरूमा दिउँसो ४।३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

सम्बन्धित समाचार