२०७८ मंसीर १२ गते , आईतवार

प्रेम विवाह अस्वीकार गर्ने बुबाले लगाए छोरी-ज्वाँईको घरमा आगो, सात जनाको मृत्यु

प्रेम विवाह अस्वीकार गर्ने बुबाले लगाए छोरी-ज्वाँईको घरमा आगो, सात जनाको मृत्यु :: Times of Pradesh

एजेन्सी । कतिपय अभिभावकलाई आफ छोराछोरीको प्रेम स्वीकार गर्न कति कठिन हुन्छ । बरु त्यसका लागि अपराध नै गर्न पछि पर्दैनन् । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाइँको हत्या गरेका छन् ।

मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका  मनजोर हुसेनलाई छोरीको प्रेम विवाह स्वीकार थिएन । छोरीहरू फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आ गो ल’गाएर उनले घटना गराएका हुन् । घटनामा ७ जनाको मृत्यु भएको छ । दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरीत प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रिसको परिणामस्वरूप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने ।

सात जनाको मृत्यु हुने गरी भएको घटनालाई लिएर हुसेन र उनका भाइ विरुद्ध प्रहरीमा उजुरी गरिएको छ । आ ‘गो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन् । कामबाट फर्किने क्रममा बिहानै घरमा आ गो लागिरहेको उनले बताए ।उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किँदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए । आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ । एजेन्सी

त्यस्तै, पाँच वर्षीय बालकसहित दुई मृत फेला – पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।

यसैबिच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment