२०८३ बैशाख २३ गते , बुधबार

थपिए ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ५ गते , शुक्रबार
थपिए  ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ३ सय ७६ जनाको एन्टिजेन र पिसिआर परीक्षण गर्दा सात सय ८ जना संक्रमित थपिएका हुन्।

त्यस्तै,यही समय अवधिमा थप  ११ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ९३२ जना संक्रमितले कोरोनालाई जितेका छन्। हाल देशभर १० हजार ९ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 

सम्बन्धित समाचार