२०७८ मंसीर १२ गते , आईतवार

भारतको उत्तराखण्डमा पहिरोमा परी ३ नेपालीसहित १७ को मृत्यु

भारतको उत्तराखण्डमा पहिरोमा परी ३ नेपालीसहित १७ को मृत्यु :: Times of Pradesh

एजेन्सी । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन नेपाली पनि रहेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन्। बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन्।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए। उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment