२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए ५९१ संक्रमित, ९ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घन्टामा ५ सय ९१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय ९७ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ५ सय ९१ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै आज ९ सय ३७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर ११ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।