२०७८ मंसीर १२ गते , आईतवार

भारतको केरलामा बाढी र पहिरोबाट २६ जनाको मृत्यु

भारतको केरलामा बाढी र पहिरोबाट २६ जनाको मृत्यु :: Times of Pradesh

एजेन्सी । भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् ।

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पु¥याउन हेलिकप्टर परिचालन गरिएको छ ।

कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ । सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा चार सय जनाको मृत्यु भएको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment