२०७८ कार्तीक ८ गते , सोमवार

ड्रग्स पार्टीमा शाहरुखका छोरा र अर्का अभिनेताकी छोरीसहित १३ जना पक्राउ

ड्रग्स पार्टीमा शाहरुखका छोरा र अर्का अभिनेताकी छोरीसहित १३ जना पक्राउ :: Times of Pradesh

काठमाडौं। मुम्बइ नजिक समुद्रमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले अहिलेसम्मको सबैभन्दा ठूलो छापामार कारवाही गर्दै एक ठूला अभिनेताका छोरा समेत १३ जनालाई हिरासतमा लिएको छ । कार्डेलिया द इम्प्रेस नामको क्रुज शिपबाट समातिएका यीमध्ये ८ जनालाई औपचारिक रुपमा गिरफ्तार गरिएको छ । यो मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग पनि सोधपुछ भइरहेको छ ।

एनसीबी सूत्रलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएअनुसार क्रुजमा शाहरुखका छोरासँगै बलिउडमा प्रतिष्ठित अर्का ठूला अभिनेताकी छोरी पनि थिइन् । कुन अभिनेताकी छोरी को हुन् भन्ने विषयमा खुलाइएको छैन । उनलाई हिरासतमा लिइएको छ वा छैन भन्ने विषयमा पनि एनसीबीले कुनै जानकारी दिएको छैन । क्रुजको एक फोटो पनि सार्वजनिक भएको छ । फोटोमा आर्यन खान र उनका साथी अरबाज मर्चेन्टको साथमा एक युवती पनि छिन् ।

यी युवतीको केसमा संलग्नता थियो वा थिएन, उनी पार्टीमा सहभागी थिइन् वा थिइनन् भन्ने विषयमा प्रस्ट हुन नसकेकोले उनको पहिचान लुकाइएको छ । सूत्रका अनुसार क्रुजमा भइरहेको पार्टीमा गएकाहरुले आफ्नो पाइन्टको सिलाइमा, महिलाहरुले पर्सको ह्याण्डलमा, भित्री वस्त्रको सिलाइ गरिएको भागमा र कलरको सिलाइमा ड्रग्स लुकाएर लिएर गएका थिए । डिसी नेपालबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment