२०८३ बैशाख २३ गते , बुधबार
कोरोना संक्रमणदर घट्दै, थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ७०, एन्टीजेन विधिबाट ३ हजार ८ सय ५० जनाम परीक्षण गर्दा ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय ६४ पुगेको छ । आज थप १४ सय ५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ७ लाख ६९ हजार २ सय २४ रहेको छ । नेपालमा हाल सक्रिय संक्रमित सङ्ख्या १६ हजार ८ सय ४ रहेको छ ।