२०८१ माघ २ गते , बुधबार

‘बाबा म तपाईलाई प्रेम गर्छु’ भन्दै यी नायिकाले गरिन् आत्महत्या

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १६ गते , शनिबार
‘बाबा म तपाईलाई प्रेम गर्छु’ भन्दै यी नायिकाले गरिन् आत्महत्या
एजेन्सी । कन्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आफ्नै घरमा मृत भेटिएकी छिन्। उनले देह त्याग गरेको भारतीय मिडियाले बताएको छ। उनको मृत्युसँगै चार पान्नाको सुसाइट नोट पनि भेटिएको छ। उक्त नोटमा लेखिएको छ,  ‘मेरो मानसिक स्थिति ठिक छैन, म अब यो भन्दा धेरै टेन्सन लिन सक्दिन।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ।

नोटमा उनले लेखेकी छिन् ‘यस्तो कदम उठाएकोमा मलाई आफैँप्रति खेद छ। बाबा म तपाईँलाई बहुत माया गर्छु। जबकि मैले तपाईँसँग कुरा पनि गरेकी थिएँ। अब यो भन्दा बढी म झेल्न सक्दिन।’

आमासँग पनि क्षमा माग्दै हजुरआमाको ख्याल गर्न सुझाएकी छिन्। सौजन्या डेढ वर्षदेखि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताए।

सारीको पासो लगाएर उनी आफ्नै कोठामा झुन्डिएकी थिइन् भने प्रहरीले ढोका फुटाएर उनको शव बाहिर निकालेको थियो । सौजन्या कन्नड टेलिभिजन उद्योगकी चर्चित कलाकार थिइन् । उनले टेलिश्रृङखलाको साथै दक्षिण भारतीय केही फिल्ममा पनि अभिनय गरेकी छिन्।

सम्बन्धित समाचार