२०८१ माघ २ गते , बुधबार

साउथ सुपरस्टार चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १६ गते , शनिबार
साउथ सुपरस्टार चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

एजेन्सी । साउथ सुपरस्टार नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद भएको छ । विवाह गरेको ४ वर्षमा नै उनीहरुले एक विज्ञप्ती जारी गर्दै सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । 

साथै उनीहरुले यस मुद्दामा गोपनियता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौँ । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।’ तर मिडियासमक्ष उनले गोपनियताको माग समेत गरेकी छन् ।

समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् । जवकि सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार