२०७८ कार्तीक ८ गते , सोमवार

कचनकवलमा चन्द्रमणि भट्टराईको स्मृति दिवस मनाइयो

कचनकवलमा चन्द्रमणि भट्टराईको स्मृति दिवस मनाइयो :: Times of Pradesh
झापा । द्धन्द्धकालमा माओवादीद्वारा हत्या गरिएका झापा बालुबाडी गाविसका तत्कालीन अध्यक्ष चन्द्रमणि भट्टराईको बुधवार कचनकवल- ७ बालुबाडीमा स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
१८ वर्षअघि २०६० सालमा आजकै दिन तत्कालीन गाविस अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य चन्द्रमणि भट्टराईको माओवादीले घरमै गोली हानी हत्या गरेका थिए । उनको स्मृतिमा स्थापित चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानले कार्यक्रम गरेको हो ।
नेपाली काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति गणेश पोखरेल, पार्टीका नेता भारतेन्दुकुमार मल्लिकलगायतले बोलेका थिए ।
प्रतिष्ठानकी अध्यक्ष स्वर्गीय चन्द्रमणिकी धर्मपत्नी सितादेवी भट्टराईको अध्यक्षतामा चन्द्रमणिका सहकर्मी साथै पार्टीका तत्कालीन गाउँ सभापति मित्रप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले चन्द्रमणिले जनताको पक्षमा काम गरेकै कारण तत्कालीन विद्रोहीले हत्या गरेको बताए । चन्द्रमणि दृढ निश्चयी र आफ्नो अडानमा रहन सक्ने नेता भएको सिटौलाले स्मरण गरे । कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment