२०७८ आश्विन ७ गते , विहीवार

पाँचथरमा ८ दिनदेखि बेपत्ता बालिकाको शव भेटियो

पाँचथरमा ८ दिनदेखि बेपत्ता बालिकाको शव भेटियो :: Times of Pradesh

पाँचथर । हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका- ४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका- ७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।

बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । रासस




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment