२०८३ असार १५ गते , सोमबार
थपिए १४ सय ८६ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घन्टामा १ हजार ४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १६ हजार ५ सय ३९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ४ सय ८६ जना संक्रमित थपिएका हुन्।
आज १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै आज १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि २६ हजार ६ सय ३० जना सक्रिय संक्रमित रहेका छन्।