व्यवसायी प्रसाईँद्वारा इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई टेलिभिजन प्रदान
काँकडभिट्टा । व्यवसायी तथा समाजसेवी श्याम प्रसाईँ (एसपी)ले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरेका छन् । हिरासतमा राखिएका थुनुवाहरूको लागि प्रसाईँले सो टेलिभिजन प्रदान गरेका हुन् ।
ढुवानी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य, मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत प्रसाईँले हिरासतमा रहेका थुनुवाले टेलिभिजन हेरेर नयाँ ज्ञान आर्जन गर्नुका साथै आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत बनुन् भनेर प्रहरीलाई आफूले टेलिभिजन प्रदान गरेको जानकारी दिए ।
उनले २६ हजार ९ सय ९९ मा एलइडी टेलिभिजन किनेर उपलब्ध गराएका हुन् । उनले यसअघि परि सोही कार्यालय परिसरमा रहेको मन्दिरका लागि २५ हजार ९ सय ९९ रुपैंया सहयोग गरेका थिए भने छोरोको जन्मदिनमा गोलधापको रक्तकाली मन्दिरमा ९ केजी ९ सय ९९ ग्रामको घण्टी प्रदान गरेका थिए ।
विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवाहरूको सोचमा सकारात्मक विकास गराउने तथा सन्देशमूलक र समाजमा पुनः स्थापित गराउन सहयोग पुर्याउने किसिमका गतिविधि सहितका सन्देशमूलक सामाग्री प्रसारण गर्न कालागि प्राप्त टेलिभिजनले ठुलो मद्दत पु¥याउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले बताए ।