२०८३ असार १५ गते , सोमबार

इजरायल रोजगारीका लागि आज भाषा परीक्षा हुँदै (परीक्षा केन्द्रसहित)

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २८ गते , सोमबार
इजरायल रोजगारीका लागि आज भाषा परीक्षा हुँदै (परीक्षा केन्द्रसहित)

काठमाडौं ।  रोजगारीका लागि इजरायल जानेहरूका लागि आज भाषा परीक्षा हुँदैछ।  सोमबार दिउँसो १ बजेदेखि हुने परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार एलआरआई विद्यालय कलंकी, विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, दरबार हाई स्कुल ९भानु माध्यमिक विद्यालय० रानीपोखरी, मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, एम्बिसन एकेडेमी नयाँ बानेश्वर, नोबेल एकेडेमी नयाँ बानेश्वर, कोटेश्वर सरस्वती मावि कोटेश्वर, कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटी, गान्धी आदर्श मावि, साउथवेस्टगेट स्टेट कलेज बसुन्धरा, गोल्डेन इन्टरनेसनल कलेज बत्तीसपुतलीमा परीक्षा केन्द्र तोकिएको छ। 

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि  नौ हजार ६९९ जनाले आवेदन दिएका थिए। तीमध्ये २ हजार ६९६ जनाको आवेदन अस्वीकृत भएको विभागको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए। सोमबार हुने परीक्षामा ७ हजार तीन जना मात्र सहभागी हुन पाउने भएका छन्। विभागले अनलाइन आवेदन परेकामध्ये कतिपयको तोकिएको मापदण्ड तथा योग्यता नपुगेकाले आवेदन अस्वीकृत गरेको जनाएको छ।

परीक्षाको नतिजा दुई दिनमै सार्वजनिक गर्ने तयारी रहेको विभागले बताएको छ। प्राप्तांकका आधारमा १ हजार ६०० जना छानेर त्यसपछि अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने छ। तीमध्ये १ हजार ४०० जना मात्र गोला प्रथामा छानिने भएका छन्।

 हेर्नु होस परीक्षा केन्द्र



सम्बन्धित समाचार