२०८१ माघ २ गते , बुधबार

कोरोना खोप : बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २७ गते , आईतबार
कोरोना खोप : बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

झापा । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।

महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो । 


कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित समाचार