२०७८ आश्विन ७ गते , विहीवार

झापाली गायक राजु चौधरीको निधन

झापाली गायक राजु चौधरीको निधन :: Times of Pradesh
झापा । स्थानीय रेडियम ब्यान्डका गायक तथा गिटारिस्ट राजु चौधरीको निधन भएको छ ।  बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए ।
उनको शुक्रवार बिहान ११ बजे भारतको दिल्लीमा निधन भएको फर राजु चौधरी अभियानका सदस्य विशाल अग्रवालले जानकारी दिए । बिरामी भएपछि बिर्तामोडको बिएन्डसी, विराटनगर, काठमाडौैं हुँदै पछिल्लो पटक भारतको दिल्लीमा उपचार भइरहेको थियो ।
तर, बिहीबार बेलुका अचानक उनको रगतमा अति संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो । तर, उपचार जारी राखे पनि उनलाई बचाउन नसकिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।राजुलाई बचाउनका लागि स्थानीय एलाइट यूथ क्लब बटारेसहित विभिन्न सङ्घसंस्थाले अभियान नै सञ्चालन गरेर आर्थिक सहयोग जुटाइरहेका थिए ।
बिहीबार मात्र क्लब र अस्ट्रेलियामा सङ्कलित २ लाख २९ हजार राजुको बैङ्क खातामा जम्मा गरिएको थियो ।यस्तै स्याडोज ब्यान्डका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाहीले पनि विभिन्न स्थानमा पुगेर राजुका लागि आर्थिक सहयोग जुटाउँदै आइरहेका थिए ।उनको निधनसँगै बिर्तामोडका युवा समुदाय, कलाकारिता क्षेत्रमा लागेका युवा र उनका प्रशंसक स्तब्ध बनेका छन् ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment