२०७८ आश्विन ७ गते , विहीवार

मिथुन चक्रवर्तीकी बुहारी मदालसाको स्टाइलिस तस्बिरको चर्चा

मिथुन चक्रवर्तीकी बुहारी मदालसाको स्टाइलिस तस्बिरको चर्चा :: Times of Pradesh

एजेन्सी । मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् ।  इन्स्टाग्राममा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् । भर्खरैमात्र मदालसाको नयाँ फोटो भाइरल भएको छ । मदालसा फेशन सेन्सका लागि प्रख्यात छिन् । उनको लुक्स र स्टाइलिश पहिरन सँधै चर्चामा रहन्छ ।

मदालसा भारतको चर्चित टेलिभिजन शो अनुपमामा देखिने गरेकी छिन् । सुरुवातदेखि नै उनी यस शोको हिस्सा थिइन् । यस शोमा उनले काव्याको रोल निभाइरहेकी छिन् । यो ग्रे क्यारेक्टर हो । यो उनको पहिलो शो हो, तर सुरुवातमै उनले राम्रो प्रशंसा पाइरहेकी छिन् ।   मदलसा पुरानी अभिनेत्री शिल शर्माकी छोरी हुन् । उनले मिथुनका छोरा महाक्षयसँग विवाह गरेकी हुन् । 




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment