२०७८ आश्विन ७ गते , विहीवार

अभिनेता अक्षय कुमारकी आमाको निधन

अभिनेता अक्षय कुमारकी आमाको निधन :: Times of Pradesh

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ । अक्षयकी आमा अरुणा भाटियाको आज निधन भएको हो । आमासँग निकै नजिक रहेका अक्षय यो घटनाले निकै शोकमा छन् । अक्षयले एक भावुक पोस्टका साथ आफ्नी आमाको निधन भएको जानकारी दिएका छन् ।

अक्षयले पोस्टमा लेखेका छन् ‘उहाँ मेरो अहम हिस्सा हुनुहुन्थ्यो । आज मलाई असहनीय पीडा भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज यो संसारबाट विदा लिनुभयो । उहाँ अर्को संसारमा मेरा पितासँग फेरि भेट्नुभएको छ । म तपाइँको सहानुभूतिको सम्मान गर्छु किनकि म र मेरो परिवार अहिले निकै कठिन अवस्थामा छ । ओम शान्ति ।’



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment