२०८२ बैशाख १३ गते , शनिबार

झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मैनालीको बिदाइ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मैनालीको बिदाइ
भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीलाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् मातहत रहेको खेलकुद विकास समितिमा झापासहित विभिन्न जिल्लामा ३८ वर्ष सेवा दिएका मैनाली उमेर हदका कारण अवकाश लिएपछि खेल सम्बद्ध सङ्घहरूले उनलाई बिहीबार सामूहिक बिदाइ गरेका हुन् । २०४० सालदेखि निरन्तर खेलकुद विकास समितिहरूमा जिम्मेवारी बहन गरेका मैनालीलाई भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर बिदाइ गरेका थिए ।

सम्बन्धित समाचार