रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना
झापा । नेपाल प्रेस युनियन झापाले रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ । बिर्तामोड–४ निवासी रमादेवी–टंकप्रसाद पाठकको स्मृतिमा उनका छोरी–ज्वाइँ टीकादेवी–कृष्णप्रसाद सङ्ग्रौलाले पुरस्कार स्थापनाका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । यसअघि पाठक दम्पतीका छोराबुहारी यज्ञप्रसाद–शकुन्तला पाठकले एक लाखको अक्षयकोष स्थापना गरेका थिए ।
बिर्तामोडमा आयोजित एक समारोहका बिच अक्षयकोषको रकम हस्तान्तरण गर्दै दाता कृष्णप्रसाद सङ्ग्रौलाले आफ्ना सासू–ससुरासँग जीवनभर अत्यन्तै नजिक रहेको स्मरण गर्दै हरेक सामाजिक तथा पारिवारिक काममा सहकार्य हुने गरेको सम्झिए ।कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँई नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश भट्टराईले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा महिला उपाध्यक्ष सुशीला सङ्ग्रौला, रिपोर्टस् क्लब नेपालका अध्यक्ष शेखर सेढाई, पत्रकारहरू लक्ष्मी लुइँटेल, रेजिना गौतम लगायतको उपस्थिति रहेको थियो अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भटराईले जानकारी दिए ।