बनियानी र हल्दीवारी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री वितरण
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले आइतबार बनियानी स्वास्थ्य चौकी कचनकवल र हल्दीवारी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । वितरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा मास्क, स्यानिटाइजर, पिपिई, ग्लोव्स, अक्सिजन कनसेन्टेटर र स्प्रे ट्याङ्की रहेको छ । राजधानीको बुढानीलकण्ठ स्थित वोदिसत्व विहारले प्रदान गरेको उक्त सामाग्रीहरू रोट्याक क्लब, इनर व्हील क्लब भद्रपुर समेतको सहकार्यमा वितरण गरिएको हो ।
हेमराज ढकालको संयोजनमा उपलब्ध सामाग्रीहरू रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझा र पूर्व अध्यक्ष टिकाराज ढकाल लगायत पदाधिकारीहरूले हल्दीवारी र कचनकवल गाउँपालिका पुगेर एक संक्षिप्त कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । कचनकवल गाउँपालिकाका योजना अधिकृत केशव मैनाली र हल्दीवारीका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले ती सामाग्रीहरू ग्रहण गरेका थिए ।