२०७८ आश्विन ७ गते , विहीवार

झापामा कोरोना : थपिए ३६२ जना नयाँ संक्रमित, दुई जनाको मृत्यु

झापामा कोरोना : थपिए ३६२ जना नयाँ संक्रमित, दुई जनाको मृत्यु :: Times of Pradesh

झापा । .पछिल्लो २४ घण्टामा झापामा ३६२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा संक्रमणदरमा कमी नआएपछि भयावहको अवस्था देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीबार १८२ महिला र १८० पुरुषमा संक्रमण देखिएको हो । जसमध्ये सबै भन्दा बढी बिर्तामोडमा देखिएको छ ।

बिर्तामोडमा एक सय जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दमकमा ४६, भद्रपुरमा १, मेचीनगरमा ४८, अर्जुनधारा ३७, कनकाईमा ५२, हल्दिबारीमा ६, शिवसताक्षीमा २२, कमलमा ३०,  बाह्रदशीमा ४, गौरादहमा ६, गौरीगञ्जमा २, झापा गाउँपालिका १ र बुद्धशान्तिमा ७ जना रहेका छन् । जिल्लामा आज दुई जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका ७० वर्षीय पुरुषको बिएण्डसी हस्पिटलमा र बुद्धशान्तिका ७२ वर्षीय पुरुषको बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४७७ पुगेको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment