२०७८ आश्विन ७ गते , विहीवार

झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती

झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती :: Times of Pradesh

झापा । नेकपा माओवादी केन्द्र प्रदेश १ प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती र नीतिगत भ्रष्टाचार  भएको बताएका छन्।आज (बिहीबार) बसेको प्रदेश सभा बैठकमा विशेष समयमा आङ्बोले असार २४ गतेको मन्त्रिपरिषद बैठकबाट झापाको गिरिबन्धु टि स्टेटको करिब ३४१ बिघा जग्गाा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघााती भएको बताएका हुन्।

‘केही दलाल, बिचौलियालाई राज्यको सम्पति सुम्पिने असाध्यै ठूलो नीतिगत भ्रष्टाचार तत्कालीन ओली सरकारले गरेको छ,ु नेता आङ्बोले भने, ‘भूमिसम्बन्धी ऐन २०२१ मा हदबन्दीभन्दा माथि रहेका जग्गासम्बन्धी कम्पनी सञ्चालन भएसम्म कम्पनीमातहत रहने र कम्पनी चलाउन नसक्ने वा चल्न नसक्ने अवस्थामा राज्यलाई फिर्ता गर्ने या  राज्यले जफत गर्ने व्यवस्था कानुनले गरेको छ।’ नेपालमा १ सय ६९ वटा कम्पनी  हदबन्दीभन्दा बढी जग्गा रोखेको उनले बताए। आङ्बोले ९४ वटा कम्पनीले भूमि व्यवस्था मन्त्रालयमा जग्गा सट्टाको निवेदन दिएको जानकारी दिए। पूर्वराजा ज्ञानेन्द्र साहको सेयर रहेको हिमालय महालक्ष्मी चिया बगानको पाँच सय ७५ बिघाको स्थानतरणको निवेदन परेको पनि उनले जनाए। 

राजा ज्ञानेन्द्रको पालो देखि नै भूमाफियाहरूले चलखेल गरेको भए पनि ज्ञानेन्द्रले भ्रष्टाचार गर्ने हिम्मत नगरेका भन्दै उनले केपी ओलीको सरकारले भूमाफिया, बिचौलियाहरूको हातमा राज्यको जमिन निर्णय मन्त्रिपरिषदले गरेको जिकिर गरे। ‘त्यहाँका राजनितिक दल, मजदुर वा कुनै पनि सरोकारवालासँग छलफल गरिएको छैन, जबरजस्ती ढंगबाट दलालहरूलाई पोस्ने काम भइरहेको छ, जहाँबाट अर्बौँ रुपैया भ्रष्टाचार भइरहेको छ,' उनले भने, 'आफ्नो प्रदेशमा भएको यति ठूलो सम्पत्ति माफियाको हातमा सुम्पिँदा प्रदेश सरकार के हेरेर बसिरहेको छ ?’

करौडौं पर्ने जग्गा कौडीको भाउमा राज्यले माफियालाई दिन खोज्नु र भूमाफियाहरूलाई राज्यले संरक्षण गरेको प्रति उनले आपत्ति जनाए। उनले केही सञ्चारउद्यमी पनि उक्त जग्गा सट्टा कार्यमा लागेका आरोप लगाए। साथै समाचार खोजी गरी सत्यतथ्य ल्याउन सञ्चारकर्मीसँग आग्रहसमेत गरे। थाहाखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment