२०८१ माघ २७ गते , आईतबार
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्क नजिकै अटो टेम्पुबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड नगरपालिका ४ निवासी २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी गाउँपालिका ३ निवासी २१ वर्षीय विवेक बानियाको साथबाट ब्राउन सुगर २ ग्राम ९० मिली ग्राम र नगद २० हजार बरामद भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरूलाई अटो सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनि थप अनुसन्धानका लागि लगेको छ ।