२०८१ माघ २५ गते , शुक्रबार
३३ किलो सुन काण्डमा फरार झापाका ‘भोजे मामा’ पक्राउ

झापा । चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् । भण्डारी नयाँबानेश्वरबाट शुक्रबार पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
झापाको गौरादह नगरपालिका–८ घर भएका भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार थिए।