२०८१ माघ २५ गते , शुक्रबार

इलाममा छोराको कुटपिटबाट बुबाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ११ गते , सोमबार
इलाममा छोराको कुटपिटबाट बुबाको मृत्यु

झापा । इलामको देउमाई नगरपालिका–२ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । गत साउन ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबा टेकबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्ता सिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा आइतबार राती मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको बताइएको छ ।

सम्बन्धित समाचार