२०७८ श्रावण २२ गते , शुक्रवार

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा :: Times of Pradesh

झापा । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ । 

शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ । समाचारका अनुसार फिल्मका लागि नयनताराले हस्ताक्षर गरिसकेकी छन् । निर्देशक एटलीले उक्त फिल्म धेरै भाषामा बनाउने बताएका छन् । 

फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निर्वाह गर्ने जानकारी गराइएको छ भने नयनताराको भूमिका कस्तो रहने भन्ने विषयमा खुलासा गरिएको छैन । उक्त फिल्म सन् २०२१ को अन्तसम्म शुटिङ गरिनेछ । रासस



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment