२०७८ श्रावण २२ गते , शुक्रवार

भारतको मुम्बईमा बाढीले घर भत्कायो, कम्तिमा २५ जनाको मृत्यु

भारतको मुम्बईमा बाढीले घर भत्कायो, कम्तिमा २५ जनाको मृत्यु :: Times of Pradesh

काठमाडौं । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो। बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्। बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ।

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन्। अरूको अन्य ठाउँमा मृत्यु भएको हो। मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो। घटनामा परी अरु सात जना घाइते समेत भएका छन्। उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment