२०८३ असार १४ गते , आईतबार

शुक्रबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
शुक्रबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी

काठमाडौं । सरकारले भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी गरेका हुन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए। थप छलफल गरेर यसबारे निर्णय गर्न आज दिउँसो एक बजे तिन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। 

उपत्यकामा जारी निषेधाज्ञा आज राति सकिँदैछ। हवाई उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन्। फेरि संक्रमण बढ्दै गए पनि खोप लगाउने क्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवन सहज बनाउने तयारी गरिएको छ। काठमाडौँ उपत्यकाभित्र यसअघिदेखि नै सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा गरिएकोमा पछिल्लो समय खुकुलो बनाउँदै लगिएको छ ।

सम्बन्धित समाचार